संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक : सिंह
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन्।
सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूची अनुसार कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ । काठमाडौँ क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए ।
“संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगाउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्यो”, शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उनले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया