राजनीति

गाडीमा एमाले कार्यकर्ता बोकेकोबारे महाकाली नगरपालिकाले माग्यो माफी

इकागज |
कात्तिक १९, २०७९ शनिबार १४:४९ बजे

दार्चुला । शुक्रबार केपी ओलिको पहिलो चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रममा एमाले आफ्नो ट्रिपरले कार्यकर्ता बोकेको घटनाप्रति महाकाली नगरपालिकाले माफी मागेको छ । नगरपालिकाको आफ्नो फेसबुक पेजबाट अब यस्तो नगर्ने प्रतिबद्धतासहित माफी मागेको हो ।

ओलीको सभा दार्चुलाबाट सुरु भएको थियो । उक्त कार्यक्रममा पूर्व मन्त्री गणेश ठगुन्नाको नेतृत्वमा कार्यकर्ताहरुलाई नगरपालिकाको ट्रिपरमा राखेर ल्याइएको थियो । कार्यक्रममा सहभागी भएका नेकपा एमालेका कार्यकर्ताहरुले नारा बाजी गर्दै झन्डा फहराउदै सदरमुकाम पुगेको दृश्यले नगरपालिकाको बदनाम हुन पुगेको थियो।


सो बारे विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएपछि नगरपालिकाले आफ्नो फेसबुक पेजबाट माफी मागेको हो । उक्त पेजमा लेखिएको छ ‘अन्जान बस गल्ती हुन पुग्यो अब उप्रान्त यस्तो गल्ती हुन दिने छैनौं ।’
 


Author

थप समाचार
x