संशोधनवादका विरुद्ध नलडीकन मुक्ति प्राप्त हुँदैन : मोहन वैद्य
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातीय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रूपान्तरणका लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादविरुद्ध लडेर संघर्ष गर्दा पनि वर्गीय, जातीय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताएका हुन् । उनले जातीय, वर्गीय मुक्तिका निम्ति संघर्ष गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवाद, पहाडीया शोषणवादका विरुद्ध लड्दै गर्दा संशोधनवादका विरुद्ध पनि लड्न अत्यावश्यक रहेको बताए । उनले संशोधनवाद सबै क्षेत्रमा फैलिसकेको उल्लेख गर्दै संशोधनवादका विरुद्ध नलडीकन मुक्ति प्राप्त हुन नसक्ने बताए ।
उनले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने नसोच्न आग्रह गर्दै अझै क्रान्ति पूर्ण रूपमा पूरा हुन नसकेको जिकिर गरे ।
महासचिव वैद्यले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको स्थापना गरी साम्यवादको प्राप्तिका निम्ति दृढतापूर्वक अघि बढ्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया