राजनीति

मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति आउँदैन : प्रमुख आयुक्त थपलिया

इकागज |
कात्तिक २०, २०७९ आइतबार १७:५२ बजे

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी तयारी भइरहेको बताएका छन् ।

आइतबार झापाको बिर्तामोडमा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धी कार्यक्रममा उनले ठूलो प्राकृतिक विपत्तिबाहेक सुरक्षाका कारण वा अन्य कारणले पुनः मतदान गर्नुपर्ने अवस्था नआउने गरि तयारी भइरहेको बताएका हुन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने उनको भनाइ छ ।


कुनै पनि एक मतदातालाई  लोभ, लालच, धाक वा धम्कीका कारण मतदान गर्नबाट अप्ठेरो स्थिति सिर्जना गर्न नदिने गरी आयोगले देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरहेको उनले बताए ।

प्रमुख आयुक्त थपलियाले  निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्तिगत स्वतन्त्रतालाई भरपूर उपभोग गराई निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको जानकारी दिए ।


Author

थप समाचार
x