ओलीले अदालतको अवहेलना गरे : मन्त्री पौडेल
फाइल तस्बिर
बागलुङ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदातलको निर्णयलाई अवहेलना गरेको आरोप लगाएका छन् । मंगलबार जिल्लाको ताराखोला गाउँपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले अदातलको निर्णयलाई परमादेशको सरकार भनेर अवहेलना गरेको आरोप लगाएका हुन् ।
'जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्चाउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ,' उनले भने, 'यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अवहेलना गर्नुभयो ।'
संविधानमा कार्यपालिका, व्यवस्थापिक र न्यायपालिकालाई छुट्टै प्रकारको अधिकार दिएको बताए । 'व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यापालिकाले कार्यान्वयन गर्छ र कहिकतै संविधान र कानुनमा अवरोध भयो भने त्यसको व्याख्या र रक्षा गर्ने काम न्यायपालिकाको हो,' उनले भने, 'न्यापालिकाकोले गरेको निर्णयको ओलीले अवहेलना गरे ।'
सोमबार बागलुङको बुर्तिबाङ चुनावी सभामा आएका ओलीले वर्तमान सरकार संविधानमै नभएको परमादेशबाट बनेको भन्दै टिप्पणी गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया