राजनीति

मंसिर ४ मा जनताले पुराना दल र नेतालाई विस्थापित गर्ने छन् – कुन्ती पोख्रेल

इकागज |
कात्तिक २३, २०७९ बुधबार १२:२९ बजे

फाइल तस्वीर

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नं २ कुन्ती पोख्रेलले मसिंर ४ गतेबाट पुराना नेताहरुलाई विस्थापित गरी नयाँ र जोसिला नेतृत्वहरुलाई स्थापित गर्ने प्रक्रियाको थालनी हुने बताएकी छिन्  । काठमाडौं क्षेत्र नं २ मा पु्राना दल तथा पुराना नेताहरुलाई विस्थापन गरेर ‘भिजन’ भएको युवा उम्मेदवारलाई जिताएर यस क्षेत्रको विकास र समृद्धिको यात्रा तय गर्नुपर्ने उनले बताइरहेकी छन् ।

यो बेला कांग्रेस, एमाले तथा माओवादीका मतदातासमेत ‘नो नट अगेन’को पक्षमा उभिएका छन् । ‘नो नट अगेन’ धेरै कुराहरुको प्रतिनिधित्व गर्ने शब्दावली बनेको छ । नेपालमा यतिबेला अर्थात् राजनीतिमा आएको विकृति तथा विसंगति, विदेशीका गुलाम नेताहरुका कारण नेपालको सार्वभौमिकतामा आएको आँच, नेपालमा अहिले आएको आर्थिक मन्दी, नेपालमा बेरोजगार मानिसहरुको संख्यामा अस्वभाविक पढेलेखेका दक्ष युवाहरुको विदेश पलायन लगायतका समस्याहरुले पनि यतिबेला ‘नो नट अगेन’ मुद्दा प्रखर रुपमा अघि बढिरेहेको हुँदा आफ्नो पक्षमा मत आउने उनको विश्वास छ ।



Author

थप समाचार
x