राजनीति

मोरङ ३ (१) : थापाको निधनपछि कांग्रेसले बनायो मानबहादुर लिम्बूलाई उम्मेदवार

इकागज |
कात्तिक २४, २०७९ बिहीबार ११:१५ बजे

काठमाडौँ- मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसले बेलबारी ८ निवासी मानबहादुर लिम्बूलाई टिकट  दिएको छ । उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।

नेपाली कांग्रेस बेलबारी नगरसमितिका एक नेताले लिम्बूले टिकट पाइसकेको पुष्टि गरे । 'मानबहादुर लिम्बूले टिकट पाउनु भएको छ,’ ती नेताले भने, ‘मनोनयनको तयारी भइरहेको छ ।’


लिम्बू नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्वसभापति हुन् ।

 


Author

थप समाचार
x