७७ जिल्लामा कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीका लागि मतदान केन्द्र बन्यो
काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न ७७ जिल्लामा जम्मा १४१ वटा अस्थायी मतदान केन्द्र तोकेको छ ।
कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिहरूलाई प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न १ सय ४१ वटा अस्थायी मतदान केन्द्र तोकेको आयोगका आयुक्त दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
‘अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिहरूले प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीतर्फ मतदान गर्न पाउँछन्,’ आयुक्त थपलियाले भने ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिहरूलाई प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न ७७ जिल्लामा जम्मा १४१ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ
— Dinesh Kumar Thapaliya (@DkThapaliya) November 10, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया