मध्यराति एलओडीमा ओलीको आधा घण्टा : तातोपानी पिए, जुस छाडेर फर्किए (फोटो/भिडियो)
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलको एलओडी नाइट क्लब गएका छन् । गएराति साढे १२ बजे ओली एलओडी नाइट क्लबमा पुगेर र्याप गीत सार्वजनिक गरेका छन् ।
उक्त क्लबमा ओलीले 'मंसिर चार, ओली सरकार' र ‘केपी बा’ बोलको र्याप गीत सार्वजनिक गरेका छन् । ओली एलओडीमा रहुन्जेल र्याप गीत बजिरहेको थियो । सो गीतमा केपी ओली जिन्दावाद भन्ने शब्द बज्दा त्यहाँ रहेको भिडले पनि ओली जिन्दावाद भन्दै गीतमा लय मिलाएका थियो ।
ओलीले एलओडीमा करिब आधा घण्टा बिताए । एलओडी सञ्चालकले ओलीलाई जुस र तातोपानी दिए । तर ओलीले पानी मात्रै पिए, हातमा जुस लिए तर पिएनन् ।
ओलीसँगै एलओडीमा एमाले नेता विष्णु रिमाल पनि थिए ।
एलओडीका सञ्चालक रविन श्रेष्ठलगायतलाई ओलीले भेटेका थिए । भेटमा ओलीले एलओडीका सञ्चालकलाई 'आइ लाइक योर इन्टरप्रेनर्स' भनेका थिए ।
एलओडीमा ओलीलाई लैजाने प्रबन्ध अस्गर अलीले गरेका थिए । अली ओली प्रधानमन्त्री हुँदा आइटी बिज्ञ थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया