राजनीति

आचारसंहिता मिचेर प्रचारप्रसारमा भारतीय गाडी प्रयोग

इकागज |
कात्तिक २७, २०७९ आइतबार १८:८ बजे

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग गरी चुनाव प्रचारप्रसार गरेको पाइएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।​

आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना विषयक छलफल कार्यक्रममा बोल्दै सचिव शर्माले यस्तो बताएका हुन् । उनले विशेष गरी तराईका जिल्लाहरूमा राजनीतिक दलका उम्मेदवारहरूले भारतीय नम्बर प्लेटका गाडी र सरकारी गाडीमा पार्टीको झण्डा प्रयोग गरी प्रचार गरेको बताए । उनले उम्मेदवारहरूले पनि निर्वाचन आचारसंहितामा ध्यान नदिएको पाइएकाले त्यसतर्फ थप निगरानी बढाउन आयोगको ध्यानाकर्षण गराउनु भयो ।


कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले चुनाव प्रचारमा निर्वाचन आचारसंहिता अनुसार सामाजिक सञ्जाल नियन्त्रण गर्न समस्या रहेको बताए । उनले सञ्चार माध्यमहरूमा कुनै समस्या नभएको भन्दै सामाजिक सञ्जाल नियन्त्रण गर्ने विषयमा सोच्नुपर्ने बताए । उनले अहिले सरकारी कर्मचारीहरूले नै ट्वीटरमार्फत पार्टीका उम्मेदवारको पक्ष/विपक्षमा भोट माग्ने गरेको बताए ।


Author

थप समाचार
x