राजनीति

मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन

इकागज |
कात्तिक २७, २०७९ आइतबार १९:१ बजे

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।​

केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादक पदार्थ जफत गर्नु परेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरिएको पनि जानकारी दिए ।


बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, उजुरीको फर्छ्याैट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ ।

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन आयोग सक्षम रहेका पनि बताए । 


Author

थप समाचार
x