राजनीति

मतपत्र धुल्याउँदा वातावरण प्रदूषण हुने भन्दै सर्वोच्चमा रिट

इकागज |
कात्तिक २८, २०७९ सोमबार १५:३६ बजे

काठमाडौंँ– मतपत्र धुल्याउँदा वातावरण प्रदूषण हुने भन्दै सर्वोच्चमा रिट दायर गरिएको छ । नेशनल ल कलेज सानेपमा बिए.एलएलबि पाचौं सेमेष्टर अध्ययनरत रितेश पन्थी र काठमाडौं स्कुल अफ ल बिएएलएलबि तेस्रो वर्षमा अध्ययनरत ऋतिक यादवले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।  

मतपत्र धुल्याउने नियम अनुसार धुल्याउँदा वातावरण प्रदूषण हुने हुँदा उक्त कार्य वातावरणीय दृष्टिकोणले शोभनीय नभएको भन्दै उनीहरूले रिट दर्ता गरेको बताउँछन् ।  पन्थी भन्छन्, 'प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ गरी करिब ८ करोड मतगणना सम्पन्न भएपछि मतपत्र निश्चित अवधि राखिन्छ । सबै मतपत्रहरू सरकारी कागजात धुल्याउने नियम २०२७ अनुसार धुलो पारिन्छ ।'


धुल्याउने काम रोक्न र सरकारी कागजात धुल्याउने नियमहरू २०२७ को २ (ख) मा भएको ‘धुल्याउने’ शब्द खारेज गर्न रिट दर्ता गरेको उनीहरू बताउँछन् । 


हेर्नुहोस् रिटको पूर्णपाठ 

 


Author

थप समाचार
x