भक्तपुरमा एक घर एक धाराको अजेण्डासहित चुनावी मैदानमा सुरेश
काठमाडौँ- सुरेश श्रेष्ठ भक्तपुरको १ को (क) बागमती प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार छन् । उनी नेपाली कांग्रेसमा करिब तीन दशकदेखि सक्रिय राजनीति गरिरहेका छन् ।
यतिखेर उनी एक घर एक खानेपानी धाराको नीतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता सहित चुनावमा होमिएका छन् । खानेपानीलाई मुख्य एजेण्डा बनाएर चुनावी दौडमा रहेका जिल्लाकै उत्तरी क्षेत्रलाई विकासे नमूनाको रुपमा स्थापित गर्ने बाचासहित चुनावी मैदानमा होमिएका ४२ वर्षीय श्रेष्ठ आफूलाई युवा उम्मेदवार पनि ठान्छन् ।
समृद्ध प्रदेश र व्यवस्थित चाँगुनारायण नगरपालिका बनाउने अभियानलाई पूरा गर्ने प्रतिबद्धतासहित उनले प्रदेश सभा सदस्यको उम्मेदवारी दिएका हुन् । शिक्षा, स्वास्थ्य, विकास र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेका श्रेष्ठ बागमती प्रदेशको निर्वाचन क्षेत्र १ को (क) अन्तर्गत उनीसहित चुनावी मैदानमा १८ जना उम्मेदवार छन् ।
विगतका निर्वाचनमा जस्तै यस पटक पनि स्वतन्त्र तर्फबाट ९ र विभिन्न राजनीतिक दलबाट ९ उम्मेदवार रहेकाले प्रदेश सभाको निर्वाचनमा रोचक मानिएको छ श्रेष्ठले प्रदेश सभा सदस्यमा विजयी हुन ठूलो चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । स्वतन्त्रका उम्मेदवारले सधैं दलका उम्मेदवार पाइरहने मत उनीहरूतर्फ जाने विश्वास स्वयम् उम्मेदवारले पनि गरेका छन् ।
प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार रहेकाले केही मत उनीहरू तर्फ जाने श्रेष्ठको आँकलन छ । स्वतन्त्र उम्मेदवारको संख्या बढी रहेकाले मत आफ्नोतर्फ आएर विजय हासिल गर्न कठिन नरहेको उनी स्वीकार्छन् ।
लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठ अन्य राजनीतिक दलकोसमेत समर्थन उनलाई छ । लोकतान्त्रिक गठबन्धनको संयुक्त उम्मेदवार रहेकाले विजयी हासिल गर्ने श्रेष्ठ बताउँछन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को (क) क्षेत्रमा खानेपानी र बाटो जस्ता अतिआवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने पहिलो प्राथमिकता राखेकाले आफू विजयी हुनुपर्ने उनी दाबी गर्छन् ।
‘ मेरो उम्मेदवार ऐतिहासिक क्षेत्र चाँगुनाराण मन्दिरमा पर्ने भएकाले पनि यस क्षेत्रलाई विशेष महत्त्वका साथ हेरिरहेको छु,’ श्रेष्ठले भने,’ डाँडाकाँडा बढी भएकाले निर्वाचित भएपछि पहिलो काम भनेको यस क्षेत्रमा बाटो निर्माणका लागि बजेट ल्याउनेछु ।‘
धार्मिक पर्यटक भित्र्याउने र यहाँका पुराना ऐतिहासिक धरोहरलाई प्रचारप्रसार गर्ने योजनासहित एजेण्डा उनको छ । इतिहासका अध्ययन गर्न चाहनेहरूलाई यसलाई विशेष क्षेत्र भनेर घोषित गरिने उनले बताए ।
वर्षातको समयमा भक्तपुरको उत्तरी क्षेत्रमा बाटो बिग्रेर यात्रा कठिन हुन्छ । घरदैलो अभियानमा उनले मतदाताबाट सबैभन्दा बढी बाटो बिग्रने र यात्रामा असहज हुने गुनासो सुने । कारण एउटै थियो,’ भौगोलिक बनावट नमिलेकाले बाटो बन्न नसक्दा वर्षामा बढी हुने हिलो र यात्रा गर्न असहज हुने गर्छ ।‘
मतदाताको घरमा पुग्दा उनी बागमती प्रदेशमा सबैभन्दा बढी विकास गरेको सुनाउँछन् । श्रेष्ठ थप्छन्,’ यहीँ क्षेत्रबाट बागमती प्रदेशमा विजयी भएर गएका उम्मेदवार भौतिक पूर्वाधार मन्त्री बन्दा यस क्षेत्रमा अतिआवश्यक विकासका संरचना निर्माण भएको थियो ।‘
जनताको काम जनताले गर्नुपर्छ भनेर पनि आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् । जनताले तिरेका करहरू दुरुपयोग हुन नदिन विभिन्न ऐन बनाएर कार्यान्वयन गरी नागरिकलाई बलियो बनाइने उनको भनाइ छ । कर सदुपयोग गराउन योजनालाई विशेष प्राथमिकताका साथ काम गरिने उनको तर्क छ ।
‘मुलुक संघियतामा गइसकेकाले अझ संस्थागत गर्न चुनौती रहेकाले मेरो उम्मेदवारीले बल पुर्याउने छ,’ उनी विजय हुने सम्भावनातर्फ आशा गर्दै भन्छन्,’ स्थानीय निर्वाचनमा हामीले ल्याएको मत परिणामले आगामी परिणाम आफ्नै पक्षमा आउने छ ।‘
श्रेष्ठको उम्मेदवारी भएको क्षेत्रमा कृषियोग्य जमिन बढी छन् । ‘खेतीयोग्य जमिनलाई कसरी व्यवसायिक बनाउँन सकिन्छ त्यसलाई प्राथमिकितामा राखी अनुसन्धान गरी उत्पादन बढाउनलाई कार्यक्रम ल्याइछ,’ उनले आफ्नो सुनाउँदै भने ।
कृषि सामग्री उत्पादन भए पनि बजारीकरण हुन नसक्दा किसानलाई उचित मूल्य उपलब्ध गराइने गरी योजना ल्याइने उनले बताए । प्रदेशभर सबै नागरिकलाई निःशूल्क स्वास्थ्यको पहुँचमा पुर्याइन्छ । जसले प्रदेश सरकार र सदस्यप्रति वितृष्णा छाइरहेको समयमा त्यसको अझ बढी महत्त्व बुझाउने उनले सुनाए ।
प्रदेशको उम्मेदवार भएकाले प्रादेशिक एजेण्डा बोकेर हिड्नु परेको श्रेष्ठले प्रस्ट पारे । राष्ट्रिय एजेण्डा बोक्ने काम प्रतिनिधि सभा सदस्यका उम्मेदवारले गर्ने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया