यसकारण आयाेगले खारेज गर्याे सन्तोष मेहताको उम्मेदवारी
काठमाडौँ- निर्वाचन आयोगले सुनसरी ४ को २ (ख) प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका सन्तोषकुमार मेहताको उम्मेदवार खारेज गरेको छ । मेहताले लोकतान्त्रिक समाजवादी नेपाल पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए ।
निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको आयोगले जनाएको छ ।
आगामी मङसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया