प्रकाशमान हराउन अन्यलाई समर्थन गर्दै काठमाडौं-१ का ११ उम्मेदवारले मैदान छाडे
फाइल तस्वीर
काठमाडौं- काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाई हराउने उद्देश्यले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।
१५ वर्षसम्म यही क्षेत्रबाट जिते पनि कुनै उल्लेख्य काम गर्न नसकेको कारणले नेता सिंहलाई हराउनैपर्ने चुनावी मैदान छाडेकाहरूको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया