राजनीति

निर्वाचनको तयारी पूरा, ८ करोड मतपत्र छापियो‚ आज राति १२ बजेदेखि प्रचार गर्न नपाइने

इकागज |
मंसिर १, २०७९ बिहीबार १५:२९ बजे

काठमाडौँ- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र आज राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने जनाएको छ ।

निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियाले समानुपातिकबाहेक प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाको उम्मेदवारी परेको जानकारी दिए ।


निर्वाचनका लागि कूल ८ करोड मतपत्र छापिएको जानकारी दिए । उनले ७ हजार २ सय १९ जनाले निर्वाचनको पर्यवेक्षण गर्ने भन्दै १८ कूटनीतिक नियोगले अनुगमन गर्ने बताए । मतदान केन्द्रमा ३ घेराको सुरक्षा व्यवस्था प्रदान गर्नेगरी २ दिनभित्र केन्द्र निर्माण गरिने समेत उनले  प्रस्ट पारे ।

 


Author

थप समाचार
x