राजनीति

भोलि तपाईं मत हाल्न जाँदै हुनुहुन्छ ? नागरिक एपले मतदान केन्द्र खोज्न यसरी सहयोग गर्दैछ

इकागज |
मंसिर ३, २०७९ शनिबार १६:३६ बजे

फाइल तस्बिर

काठमाडौँ-  भोलि अर्थात् मङ्सिर ४ गते (आइतबार ) बिहान ७ देखि साँझ ५ बजेसम्म एकैसाथ प्रतिनिधि तथा प्रदेश सभा सदस्य उम्मेदवारको निर्वाचन हुँदैछ । निर्वाचनका दिन धेरै मतदातालाई कुन मतदान केन्द्रबाट आफूले मतदान गर्नुपर्ने थाहा नहुन सक्छ ।

मतदातालाई आफू बसेको स्थानबाट मतदान गर्ने स्थान पत्ता लगाउन नसक्दा अलमल्ल भइरहेको हुन सक्छ । कहाँ जाने, कति टाढा र कुन स्थान जाने लाइन नम्बर कता पर्छ ? भनेर मनमा कुरा खेलिरहेको हुन सक्छ ।


तर, यो झन्झटबाट मतदातालाई मुक्ति दिनका लागि नागरिक एपले सबैलाई सहज बनाइदिएको छ ।

नागरिक एपबाट मतदाता क्रम संख्या र मतदान केन्द्रसमेत थाहा पाउन सकिन्छ । तर, मतदातासँग अनिवार्य मतदाता परिचयपत्र हुनैपर्छ ।

-मतदाताले सुरुमा आफ्नो मतदाता परिचयपत्रको लिंक गर्नुपर्छ ।

- भोटर आइडी र जन्म मिति मात्र भए पनि मतदाता क्रमसंख्या र मतदान केन्द्र हेर्न सकिन्छ ।

-मतदाता परिचयपत्र बटनमा थिच्नुहोस । उक्त स्क्रिनको दायाँपट्टि फोटोको माथि तपाइको मतदाता क्रमसंख्या ( क्र. स) र अन्तिम लाइनमा तपाईले मतदान गर्ने मतदान केन्द्रको नाम उल्ले भएको हुन्छ ।

- कुन लाइनमा बस्नुपर्ने हो सो मतदान केन्द्रको विवरण देखिनेछ । तलपटि गुगल म्याप आइकन देखिन्छ । त्यसमा टच गर्दा आफ्नो मतदान केन्द्रको ठेगाना देख्न सकिन्छ ।

- नागरिक एपमा भएको विवरण निर्वाचन आयोगमा भए अनुसार हुने गर्छ । कुनै मतदान स्थल सरेको भएमा त्यो परिवर्तन भएको हुन सक्छ । केन्द्र परिवर्तन भई गुगल म्यापमा केन्द्र नदेखिए/ नमिले स्थानीय स्तरबाट यकिन गरी मतदान गर्न अनुरोध छ ।

-एपबाट वास्तविक क्रमसंख्या उपलब्ध हुनेछ । यो क्रमसंख्या मतदान गर्न जाँदा प्रयोग गर्न सकिन्छ तर यो मतदान परिचयपत्र होइन । मतदानका लागि मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने परिचयपत्र साथमा लानुपर्नेछ ।    

 

 

 


Author

थप समाचार
x