राजनीति

बर्दियाको शम्भुशरण मावि खैरापुरमा विस्फोट, मतदान स्थगित

इकागज |
मंसिर ४, २०७९ आइतबार १०:६ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौं - बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ । मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ ।  हाल मतदान स्थगित भएको छ ।

यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको  आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यलयका अनुसार प्रहरीले गोली चलाएपछि उनीहरू भागेका थिए । अहिले शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x