राजनीति

स्याङ्जा चापाकोटको भानु माविमा रोकिएको मतदान सुरु

इकागज |
मंसिर ४, २०७९ आइतबार १७:२९ बजे

स्याङ्जा- राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको स्याङजाको चापाकोट नगरपालिका–१ आँधीचौधेरास्थित भानु माद्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुनः मतदान सुरु भएको छ ।

एमाले निकट वडा सदस्यले हातपात गरेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । कार्यकर्ताबीच विवाद चर्किँदै जाँदा प्रहरीले सुरक्षाको लागि हवाई फायरसमेत गरेको जनाएको छ ।


सर्वदलीय बैठक बसेपछि विवाद मिलाएर मतदान सुरु गरिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x