मोरङ ४, ५ र ६ को मतगणना दिउँसो १ बजेदेखि
विराटनगर - विराटनगरको आदर्श विद्यालयमा आज दिउँसो १ बजेदेखि तीनवटा निर्वाचन क्षेत्रको मतगणना सुरु गर्ने तयारी गरिएको छ । सोमबार बिहान बसेको तीनवटै निर्वाचन क्षेत्रको संयुक्त सर्वदलीय बैठकबाट १ बजेदेखि एकैपटक मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन कार्यालय अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
त्यसैगरी क्षेत्र नम्बर १ र २ को मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको जनाइएको छ । क्षेत्र नम्बर ३ मा १२ बजे सर्वदलीय बैठक बोलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १, २ र ३ को मतगणना सुरु हुने समय यकिन भइनसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गएराति १ बजेसम्म मतपेटिका संकलन गरिएको थियो । मतपेटिका भण्डारण गरिएको कोठाहरूलाई सिलबन्दी गरी कडा सुरक्षा घेराभित्र राखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया