राजनीति

धादिङ-१ मा एकीकृत समाजवादीको अग्रता, एमाले पछ्याउँदै

इकागज |
मंसिर ५, २०७९ सोमबार १५:३६ बजे

काठमाडौं - धादिङमा ६ सय मत गन्दा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिएका छन् ।  बागमती प्रदेशको मुख्यमन्त्री समेत रहेका पाण्डेले ३१९ मतसहित अग्रता लिएका हुन् ।

२२५ मतसहित नेकपा एमालेका भूमि त्रिपाठीले पछ्याइरहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त ३१ मतसहित तेस्रो स्थानमा छन् ।  एक मत भने बदर भएको बताइएको छ । 



Author

थप समाचार
x