राजनीति

मोरङ-४ मा माओवादीका मोदीको दोब्बर मतले अग्रता

इकागज |
मंसिर ५, २०७९ सोमबार १८:४६ बजे

विराटनगर- मोरङको क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले करिब दोब्बर मतले एमालेका विनोद ढकाललाई पछि पारेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका मोदीले १ हजार १४८ मत प्राप्त गर्दा ढकालले ६३१ मत पाएका छन् ।

राप्रपाका रवि रिजालले १०१ मतका साथ तेस्रो स्थानमा छन् । मोरङ–४ मा अहिले कटहरी गाउँपालिका–४ को खयरबना मावि मतदान केन्द्रको मतगणना जारी छ ।
प्रदेशसभातर्फ क्षेत्र नं. ४ (१) मा गठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेसका गुरुराज घिमिरे अगाडि छन् । उनले नेकपा एमालेका जयप्रकाश चौधरीलाई २०१ मतान्तरले पछि पारेका छन् ।


निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको औपचारिक मतपरिणाम अनुसार मोरङ–४ मा प्रतिनिधिसभातर्फ २ हजार १४४ मत गणना भएको छ । त्यस्तै प्रदेशसभा (१) मा २ हजार १३९ मत गणना सकिएको जनाइएको छ ।


Author

थप समाचार
x