राजनीति

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी अगाडि

इकागज |
मंसिर ६, २०७९ मंगलबार ६:३६ बजे

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा सुरुवातदेखि नै अग्रता लिइरहेको नागरिक उन्मुक्ति पार्टीले ३८ हजार ९ सय ६ मतगणना हुँदा उक्त पार्टीका उम्मेदवार गंगाराम चौधरीले १२ हजार ६८ मत ल्याएका छन् ।

नागरिक उन्मुक्तिलाई पछ्याइरहेको गठबन्धनबाट नेकपा माओवादीका कृष्ण कुमार चौधरीले १० हजार १६४ मत पाएका छन् । त्यस्तै एमालेका गौरीशंकर चौधरीले ६ हजार ६८८ मत ल्याउँदा राप्रपा (हलो) का बिरेन्द्र बमले ५ हजार ८२५ मत ल्याएका छन् ।


५ ओटा क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टी अहिलेसम्म तीनओटा क्षेत्रमा अगाडि रहेको छ । क्षेत्र नम्बर १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीले सुरुवातदेखि नै अग्रता लिइरहेको हो ।


Author

थप समाचार
x