राजनीति

कैलाली क्षेत्र नम्बर १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीकाे अग्रता कायमै

इकागज |
मंसिर ६, २०७९ मंगलबार ७:२६ बजे

कैलाली- सुरुवातदेखि नै अग्रता लिइरहेको कैलालीको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीले सो अग्रतालाई अहिलेसम्म कायम नै राखेको छ । 

कैलाली क्षेत्र न १ को प्रतिनिधि सभा तर्फ अहिलेसम्म गणना भएको १२ हजार २६५ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष समेत रहेकी रन्जिता श्रेष्ठले ५ हजार ४९० मत ल्याउँदा पूर्व मन्त्री समेत रहेका नेपाली कांग्रेसका रामजनम चौधरीले ३ हजार ५९३ ल्याएका छन् ।


यस्तै टिकापुर नगरपालिकाका पूर्व मेयर नेकपा एमालेका तपेन्द्र रावल १ हजार २१७ मतका साथ तेश्रो स्थानमा रहेका छन् ।

यसैगरी कैलाली क्षेत्र नम्बर २ को प्रतिनिधि सभा  ५०४२ को मतगणना हुँदा सुरुवात देखिनै अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टी कै अरुण चौधरीले १ हजार ५६५ मत ल्याउँदा माओवादीका भगत बडुवालले १ हजार ६० मत ल्याएका छन् । यसैगरी पूर्व सांसद समेत रहेका एमालेका झपट बहादुर रावलले ८०९ मत प्राप्त गरेका छन् ।

त्यस्तै कैलाली क्षेत्र न ३ को प्रतिनिधि सभा तर्फको ४२०४६ को मतगणना हुँदा उन्मुक्ति कै गंगाराम चौधरीले १३८५८ मत पाएका छन् भने माओवादीका कृष्ण कुमार चौधरीले १११६२ मत ल्याउँदा पूर्व कृषि मन्त्री समेत रहेका एमालेका गौरिशंकर चौधरीले ६९२९ मत पाएका छन् । उनलाई राप्रपा (हलो) का बिरेन्द्र बमले ५९६१ मतका साथ पछ्याइरहेका छन् ।


Author

थप समाचार
x