राजनीति

ललितपुर-२ मा निर्वाचित भएपछि एमालेका महर्जनले भने : जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छु

इकागज |
मंसिर ६, २०७९ मंगलबार ९:१४ बजे

ललितपुर- ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार २५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार आठ सय ८६  मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार छ सय ६६ मत प्राप्त गरे ।


साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले छ हजार छ सय ४६ मत प्राप्त गरे । विजयी पछि महर्जनले आफूलाई जनताले विश्वास गरेको भन्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए ।

ज्यापु समाजका अध्यक्ष समेत रहेका भाषा, धर्म , संस्कृति र कलाको विकासमा समेत योगदान दिएका छन् । 


Author

थप समाचार
x