रोकिएको चुनाव आज शान्तिपूर्वक हुँदै
सुर्खेत- सुर्खेतको सिम्ता गाउँपालिका–६ को एउटा मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । मतदान अधिकृतको गल्तीका कारण आइतबार स्थगित भएको निर्वाचन आज सुरु भएको हो ।
निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरु भएको हो । आइतबार निर्वाचनको क्रममा प्रतिनिधिसभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेको पछि त्यहाँ निर्वाचन स्थगित भएको थियो ।
उक्त मतदान केन्द्रमा २ हजार ९ सय मतदाता छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया