राजनीति

धनुषामा एमालेको २ र जसपाको एक स्थानमा अग्रता

सुभाष कर्ण |
मंसिर ६, २०७९ मंगलबार १०:३६ बजे

जनकपुरधाम- धनुषाको चार क्षेत्र मध्ये २ क्षेत्रमा नेकपा एमाले र एक क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) अग्रता कायम राखेका छन् भने एक क्षेत्रमा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।

जिल्लाको क्षेत्र नम्बर १ मा जसपा, क्षेत्र नम्बर २ र ३ मा एमाले अघि रहेका छन् ।


मतगणनाको पछिल्लो परिणाम अनुसार क्षेत्र नम्बर १ मा १ हजार ४४१ मतले जसपाका दिपक कार्की अग्र स्थानमा छन् भने राप्रपाका मनोज मल्ल १ हजार २१७ ल्याई दोश्रो र सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका मातृका यादव १ हजार १३३ मत ल्याई तेश्रो स्थानमा छन् ।

त्यस्तै क्षेत्र नम्बर २ मा एमालेका उमाशंकर अरगरिया ३ हजार ७९३ मतले अग्रस्थानमा छन् भने कांग्रेसका रामकृष्ण यादव २ हजार ५६१ दोश्रो, जसपाका गंगाराम यादव १ हजार ८५४ तेश्रो र नेकपा एसका रामचन्द्र झा १ हजार ६४० मतले चौंथो स्थानमा रहेका छन् ।

क्षेत्र नम्बर ३ मा एमालेकी जुली महतो ४ हजार २६६ मतले अग्रस्थानमा छिन् भने लोसपाका अनिल झा ३ हजार २२० मतले दोश्रो र जनमत पार्टीका ई. शम्भुनाथ झा १ हजार ३८६ मत ल्याई तेश्रो स्थानमा छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x