राजनीति

ओखलढुंगामा गठबन्धन 'सेटै' अगाडि

इकागज |
मंसिर ६, २०७९ मंगलबार १०:५४ बजे

विराटनगर- जारी मतगणना अनुसार ओखलढुंगामा सत्ता गठबन्धनका उम्मेदवार सेटै अगाडि छन् । प्रतिनिधिसभातर्फ नेकपा एमालेका यज्ञराज सुनुवारलाई गठबन्धनतर्फ नेपाली कांग्रेसका रामहरी खतिवडाले निरन्तर पछि पार्दै आएका छन् ।

खतिवडाले ४ हजार ३९४ मत प्राप्त गर्दा सुनुवारले ३ हजार ६७२ मत प्राप्त गरेका छन् । खतिवडा २९७४ को आम निर्वाचनमा सुनुवारसँग पराजित भएका थिए ।


प्रदेशसभातर्फ क्षेत्र नं. (१) मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवारले अग्रता कायमै राखेका छन् । उनीलाई नेकपा एमालेका अम्बिरबाबु गुरुङले पछ्याइरहेका छन् । गुरुङ अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित भएर प्रदेश १ को भौतिक पूर्वाधारमन्त्री समेत बनेका थिए । गुरुङले ६ हजार ७२२ मत प्राप्त गर्दा सुनुवारले ८ हजार ५१६ पाएका छन् ।

प्रदेशसभा क्षेत्र नं. (२) तर्फ माओवादी केन्द्रका बाबुराम गौतमभन्दा एमालेका ज्ञानबहादुर खड्का पछि परेका छन् । गौतमले ५ हजार ६२८ मत प्राप्त गर्दा खड्काले ५ हजार ४४३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ओखलढुंगामा मतगणना जारी छ ।
 


Author

थप समाचार
x