राजनीति

कैलालीमा उन्मुक्ति पार्टीबाट उदाइरहेका ‘तीन चौधरी’

इकागज |
मंसिर ६, २०७९ मंगलबार १२:४३ बजे

काठमाडौँ– कैलालीमा नागरिक उन्मुक्ति पार्टी जिल्लामा पहिलो बन्ने संकेत देखिएको छ । जिल्लाका पाँच निर्वाचनमध्ये तीन वटामा उन्मुक्ति पार्टीले अग्रता कायम गरेपछि पहिलो बन्ने संकेत देखिएको हो । कैलाली क्षेत्र नं. १, २ र ३ मा उन्मुक्ति पार्टीले अग्रता बनाइरहेको छ । 

कैलाली– १ पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रतिद्वन्द्वी रामजनम चौधरीलाई उछिनिरहेकी छन् । रञ्जिताले ६ हजार ५ सय मत ल्याउँदा राजनमले ४ हजार २ सय ६० ल्याएका छन् । 


कैलाली– २ पनि उन्मुक्ति पार्टीका अरुनकुमार चौधरीले प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवाललाई पछाडि छाडेका छन् । चौधरीले १ हजार ६ सय ६० मत प्राप्त गर्दा बढुवालले १ हजार २ सय ४९ मत ल्याएका छन् । 

त्यस्तै, कैलाली– ३ मा उन्मुक्ति पार्टीका गंगाराम चौधरीले प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई उछिनेका छन् । गंगारामले २० हजार २ सय ३४ मत पाउँदा चौधरीले १४ हजार ९ सय ४६ मत पाएका छन् । 

संयोग के छ भने उन्मुक्ति पार्टीबाट अग्रता बनाइरहेका तीनै जना चौधरी समुदायका उम्मेदवार हुन् । 

यही वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उक्त पार्टी पहिलो दल बनेको थियो । उसले जिल्लाका १३ मध्ये चार तहको प्रमुख र तीन तहको उपप्रमुखमा विजयी भएर पहिलो दल बनेको थियो ।


Author

थप समाचार
x