भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा एक हजार मतले अघि
काठमाडौं- प्रतिनिधि सभाअन्तर्गत भक्तपुर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा र एमाले उम्मेदवार महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ । थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन् ।
मंगलबार दिउँसो साढे १ बजेसम्मको मतगणनाअनुसार थापाले १४०९६ मत पाएका छन् । एमालेका बस्नेतले १३०४३ मत प्राप्त गरेका छन् । थापा र बस्नेतबीच १०५३ मतको अन्तर छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया