राजनीति

मधेस प्रदेशका अर्थमन्त्री साह पराजित

इकागज |
मंसिर ६, २०७९ मंगलबार १५:१७ बजे

सप्तरी- मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह पराजित भएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ को (क)बाट उम्मेदवार रहेका साहलाई जनमत पार्टीका सतिश सिंहले पराजित गरेका हुन् । सिंहले १६ हजार ७ सय ३४ मत प्राप्त गरी विजयी  भएका छन् ।


साहले ८ हजार २ सय ९२ मत प्राप्त गरेका छन् ।

प्रदेश सभाको सो क्षेत्रको दुवै सिट जनमत पार्टीले जितेको छ ।


Author

थप समाचार
x