रसुवा प्रदेश नं १ मा कांग्रेसका प्रभात तामाङ विजयी
रसुवा- रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गरेका छन् । तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।
उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठ जना उम्मेदवार थिए । उक्त क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया