राजनीति

मतदाताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्छु : श्रेष्ठ

इकागज |
मंसिर ६, २०७९ मंगलबार १६:३३ बजे

काठमाडौँ- नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उनले भने, 'मतदाताले दिएको जिम्मेवारीलाई ५ वर्षसम्ममा कुशलतापूर्वक पूरा गर्न प्रतिबद्ध छु, जनताको हरेक समस्यालाई सम्बोधन गर्न जुट्नेछु, जनताको सल्लाहमा अघि बढ्नेछु ।' ​


नवनिर्वाचित जनप्रतिनिधि श्रेष्ठले आफ्ना निर्वाचन क्षेत्रका चालू योजना स्वाभाविक रूपले अगाडि बढाउने उल्लेख गर्दै भने, 'अधुरा र अपूरा योजनालाई पनि पूरा गर्दै जान्छु, सङ्घ, प्रदेश र स्थानीय सरकारसँग परामर्श गरेर आवश्यकता अनुसारको नयाँनयाँ योजना तर्जुमा गरी अगाडि बढछु ।'

उनले निर्वाचनमा सहयोग गर्ने पार्टीका नेता कार्यकर्तालगायत मतदातालाई धन्यवाद व्यक्त गरे ।


Author

थप समाचार
x