राजनीति

झापा ५ मा एमाले अध्यक्ष ओली र कांग्रेसका अधिकारीले कति मत ल्याए ?

इकागज |
मंसिर ६, २०७९ मंगलबार १६:४२ बजे

गौरादह- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआतदेखि नै उनी अग्रस्थानमा छन् ।    
    
अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गरे ।    
    
यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् । झापा–(१) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेका छन् । प्रारम्भिक परिणाम अनुसार उनले नौ सय ८१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत प्राप्त गरे ।    
    
झापा–५(२) मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गरेका छन् ।    



Author

थप समाचार
x