कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कंडेललाई एमालेकी भट्टराईले उछिनिन्
पोखरा- कास्की क्षेत्र नं २ मा नेकपा एमालेकी विद्या भट्टराईले अग्रता लिएकी छिन् । उनले कास्की २ मा सुरुवातबाटै अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेललाई पछि पारेकी हुन् ।
पछिल्लो मतपरिणाम अनुसार एमालेकी भट्टराईले ४ हजार ८ सय ५१ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । रास्वपाका कंडेलले ४ हजार ७ सय ७ मतसहित प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालको ३ हजार २ सय ७ मत छ ।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भिमबहादुर कार्की ५ हजार ९ मतसहित अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिजयबहादुर भण्डारीले ४ हजार ६ सय १२ मतसहित पछ्याइरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया