Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

राजनीति

मोरङ- ३ मा कांग्रेसका शर्मा अगाडि, राप्रपाकी रेखाकाे स्थान कहाँ ?

इकागज |
मंसिर ६, २०७९ मंगलबार १७:३ बजे

मोरङ- मोरङ क्षेत्र नं ३ मा हाल पाँच ठाउँ मतगणना हुँदैछ । प्रतिनिधिसभाको समानुपातिक एक ठाउँ र प्रदेशसभाको अर्को ठाउँमा मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले जानकारी दिए। यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा डा सुनील शर्माको अग्रता कायमै छ ।

प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धनतर्फका नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले) का पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत पाएका छन् छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रेखा थापाले नौ सय छ मत प्राप्त गरेकी छन् ।


जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ खसेको छ । मोरङ क्षेत्र नं ३ मा पथरी शनिश्चरे नगरपालिकाको आठ, बेलबारी नगरपालिकाको आठ, सुन्दरहरैचा नगरपालिकाको छ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् । प्रतिनिधिसभामा ३१ जनाको उम्मेदवारी रहेको मोरङ–३ मा एमालेबाट ढकाल, सत्ता गठबन्धनबाट नेपाली काग्रेसका शर्मा र राप्रपाकी नेत्री तथा नायिका थापाबीच मुख्य प्रतिस्पर्धा रहेको छ । त्यस्तै मोरङ–३ (१) मा मानबहादुर लिम्बुको अग्रता कायमै रहेको छ ।

प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका लिम्बुले चार हजार आठ सय १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमालेका दिलीपकुमार राईले चार हजार तीन सय आठ मत पाएका छन् भने राप्रपाका तीर्थबहादुर गुरुङले एक सय १० मत प्राप्त गरेका छन् । मोरङ–३ (२) मा सत्ता गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमार श्रेष्ठ र एमालेका ज्ञानेन्द्र सुवेदीबीच प्रतिस्पर्धा हुँदैछ ।सुवेदी बेलबारी नगरपालिकाका पूर्वनगरप्रमुख र राई पथरी शनिश्चरे नगरपालिका पूर्वनगरप्रमुख हुन्।


Author

थप समाचार
x