राजनीति

रवि लामिछानेले लिए ९६२ मतान्तरसहित अग्रता

इकागज |
मंसिर ६, २०७९ मंगलबार १७:१५ बजे

काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९६२ मतान्तरसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार लामिछानेले ५१२८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेल ४१६६ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् । यस क्षेत्रमा कांग्रेसका उमेश श्रेष्ठ ३७०६ मतसहित तेस्रो स्थानमा छन् । 



Author

थप समाचार
x