राजनीति

रसुवामा कांग्रेसका मोहन आचार्यको अग्रता

इकागज |
मंसिर ६, २०७९ मंगलबार १७:४८ बजे

रसुवा- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणामअनुसार २१ हजार सात सय ९२ मतगणना हुँदा आचार्यले १४ हजार एक सय एक मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका छोवाङ तामाङले छ हजार छ सय २७ मत प्राप्त गरेका छन् । हालसम्म गणना भएको २१ हजार एक सय ९७ मत गणना भएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए । मतगणना कार्य आज रातिसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकाले सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले बताए ।


हालसम्म गणना भएको मतमध्ये पाँच सय ९४ मत बदर भएका छन् । रसुवामा ३९ हजार चार सय ५९ मतदाता रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो ।


Author

थप समाचार
x