राजनीति

तीन दिनपछि सुरु भयाे बझाङकाे मतगणना

इकागज |
मंसिर ६, २०७९ मंगलबार १७:५१ बजे

काठमाडौं- बझाङमा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना तीन दिनपछि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कतिपय दुर्गम स्थानबाट मतपेटिका ल्याउन ढिला भएपछि तीन दिनपछि मतगणना सुरु भएको हो । 

मंगलबार दिउँसो ४ बजेदेखि थालिएको मतगणना प्रतिनिधिसभा सदस्यको ४ स्थानमा र प्रदेशसभा सदस्यको ४  गरी ८ स्थानबाट हुनेछ । 


बझाङमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, नेकपा एमालोबाट ऐन महर प्रतिनिधिसभा  सदस्य पदका उम्मेदवार छन् ।  यस्तै राप्रपाबाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी रहेका छन् ।


Author

थप समाचार
x