राजनीति

नवलपरासी-१

विनोद चौधरीलाई स्वतन्त्र पार्टीका सेनले उछिने, हृदयेश त्रिपाठी तेस्रोमा

इकागज |
मंसिर ६, २०७९ मंगलबार १८:५० बजे

काठमाडौं - नवलपरासी क्षेत्र नम्बर १ मा​ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् । 

यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी भने तेस्रो नम्बरमा झरेका छन् । जनता प्रगतिशिल पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार भएपनि ५ हजार ५ सय ८९ मतसहित प्रतिस्पर्धामा छन् ।
 



Author

थप समाचार
x