राजनीति

मकवानपुर-२ मा बर्तौलाको अग्रता कायमै, डिनाभन्दा कमल थापा २२९५ मतले पछाडि

इकागज |
मंसिर ६, २०७९ मंगलबार १९:२३ बजे

मकवानपुर - प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा महेश बर्तौलाले आफ्नो अग्रता कायमै राखेका छन् । यसक्षेत्रको २० हजार ४३४ मत गणना हुँदा महेश बर्तौलाको अग्रता कायमै राखेका हुन् ।

सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडाले उनलाई पछ्याउँदै छन् । एमालेका बर्तौलाले ८ हजार १२१ मत प्राप्त गर्दा एकिृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले ७ हजार ८६५ मत प्राप्त गरेका छन् ।


यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले २ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा जम्मा मतदाता १ लाख ५० हजार ५७८ रहेकोमा ८६ हजार ६५२ अर्थात् ५८ प्रतिशत मत खसेको मतको थियो । यो क्षेत्रमा अब ६८ हजार ३६७ अर्थात् ७९ प्रतिशत मत गन्न बाँकी छ ।

यता, मकवानपुर १ मा डिनाको अग्रता कायमै छ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् । यो क्षेत्रमा कूल १९ हजार १९४ गन्दा डिनाले ८ हजार १६० मतसहित अग्रता कायम राखेकी हुन् ।

डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछ्याउँदै आएका छन् । थापाले डिनालाई ५ हजार ८६५ मतसहित पछ्याउँदै आएका छन् ।

यहाँ राप्रपाका दिपकबहादुर सिंहले ३ हजार १२७ मत पाएका छन् । यो क्षेत्रमा जम्मा मतदाता १ लाख ५० हजार १५५ रहेकोमा ९१ हजार ५८३ अर्थात् ६० प्रतिशत मत खसेको मतको थियो ।

यो क्षेत्रमा अब ७२ हजार ३८९ अर्थात् ८० प्रतिशत मत गन्न बाँकी छ । मतगणना सुरु गरिएको ३० घण्टा २० प्रतिशत मत गनिएको छ, यही रफ्तारमा मत गणना गर्ने हो भने अझै कम्तीमा ४ दिनमा मात्रै अन्तिम नतिजा आउने आँकलन गरिएको छ ।


Author

थप समाचार
x