राजनीति

उदयपुर-२ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

इकागज |
मंसिर ६, २०७९ मंगलबार २०:१४ बजे

विराटनगर - उदयपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन् । उनको विजयसँगै प्रदेश १ मा एमालेले प्रदेश १ मा जितको पहिलो खाता खोलेको हो ।

सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार जगन्नाथ खतिवडालाई २ हजार २५८ मतले पराजित गर्दै रायमाझी विजयी भएका हुन् । गठबन्धनबाट नेपाली कांग्रेसका रामकुमार राईले बागी उम्मेदवारी दिएपछि खतिवडाको विजयी यात्रा टुंगिएको हो ।


निर्वाचन अधिकृतको कार्यालयका अनुसार रायमाझीले १५ हजार २५१ मत प्राप्त गरेर विजयी भएका हुन् । पराजित भएका नेकपा (एस) का केन्द्रीय उपमहासचिव खतिवडाले भने १२ हजार ८९३ मत प्राप्त गरेका छन् ।

कांग्रेसबाट बागी उम्मेदवारी दिएर माछा चुनाव चिह्नबाट लडेका राईले एक्लै १० हजार ३७९ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसबाट दोस्रो संविधान सभा निर्वाचनदेखि नै आकांक्षी रहेका राई यसपटक पनि आकांक्षी गरेका थिए ।

तर गठबन्धनतर्फ उदयपुर २ निर्वाचन क्षेत्र नेकपा (एस) को भागमा परेपछि उनी पार्टी नेतृत्व रुष्ट भएर बागी उम्मेदवार बनेका थिए । एमालेका रायमाझीको विजयका लागि उनै राई निर्णायक बनिदिए ।


Author

थप समाचार
x