राजनीति

चितवन-२ मा मतान्तर बढाउँदै लगेका रवि के भन्छन् ?

इकागज |
मंसिर ६, २०७९ मंगलबार २१:२८ बजे

फाइल तस्बिर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले समग्रमा राम्रो नतिजा ल्याउने बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा मतन्तर बढाउँदै लगेपछि सन्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले आफ्नो पार्टी संसद्मा उल्लेखनीय भूमिकामा रहने बताएका हुन् । ‘मेरा सवालमा मतगणना भइरहेको छ । जसरी अगाडि बढेको छ राम्रै मतान्तरले विजयी हुन्छु भन्ने विश्वास छ । अन्य थुप्रै क्षेत्रमा साथीहरूले अग्रता लिइरहनुभएको छ,’ उनले भने, ‘समानुपातिकमा एकदमै राम्रो अवस्था आएको छ । हामी संसद्मा उल्लेखनीय भूमिकामा आउँछौँ । जिम्मेवार दलका रुपमा रहन्छौँ । राष्ट्रिय दलका रुपमा रहन्छौँ ।’

उनले आफूहरू सत्ताको खेलमा मात्रै नलाग्ने बताए । 'नेपालमा प्रतिपक्षी नै छैन । कुनै न कुनै रूपमा मिलेर सरकारमा गएका छन् । विपक्षीरहित संसद्जस्तो बनेको छ,' उनले भने, ' को कता मिल्छ भन्ने टुंगै हुन्न । हाम्रो भूमिका एकदमै जिम्मेवार प्रतिपक्षको भूमिका हुनुपर्छ भन्ने लाग्छ । यो देशमा प्रतिपक्ष नभएकाले त्यसमै जोड हुन्छ । तर यसको मतलब सरकारमा जानै हुन्न भन्ने होइन ।'


उनले पछिल्लो समय मतान्तर समेत बढाउँदै लगेका छन् । 


 


Author

थप समाचार
x