राजनीति

प्रतिनिधि सभामा कांग्रेसले सात क्षेत्रमा जित्दा एमाले तीन, माओवादी र नेकपा एस अहिलेसम्म जितविहीन

इकागज |
मंसिर ६, २०७९ मंगलबार २३:२७ बजे

काठमाडौँ - हालसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले प्रतिनिधि सभामा सात सिटमा जित हात पारेको छ । प्रतिनिधि सभामा सात सिट जितेको कांग्रेस ४६ क्षेत्रमा अगाडि छ । कांग्रेसपछि नेकपा एमालेले तीन सिट जितेको छ । एमाले ४२ क्षेत्रमा अगाडि छ । 

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले एक सिट जितेको छ । एक सिट जितेको नागरिक उन्मुक्ति पार्टी दुई सिटमा अगाडि छ । कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा खाता खोलिसक्दा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले भने खातासमेत खोल्न सकेका छैनन् । 


माओवादी १६ सिटमा अगाडि छ भने समाजवादी पार्टी ८ सिटमा अगाडि छ । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी पनि ८ सिटमै अगाडि छ भने समाजवादी पनि ८ सिटमै अगाडि रहेको छ । त्यस्तै ८ सिटमा अन्य उम्मेदवार अगाडि छन् । लोसपा तीन सिटमा अगाडि छ । 

जसपा र राप्रपा पाँच/पाँच सिटमा अगाडि छन् र लोसपा तीन सिटमा अगाडि छ । 

प्रदेश सभामा पनि कांग्रेसले सबैभन्दा धेरै ९ सिट जितेको छ भने ६४ सिटमा अगाडि छ । प्रदेश सभामा दुई सिट जितेको एमाले ८४ सिटमा अगाडि छ । प्रदेशमा भने माओवादीले पनि खाता खोलेको छ । माओवादीले एक सिटमा जित हात पारेको छ भने ३५ सिटमा अगाडि रहेको छ ।  

जनमत पार्टीले प्रदेश सभामा दुई सिट जित्दा तीन सिटमा अग्रता बनाएको छ । प्रदेशमा राप्रपाले एक सिट जितेको छ भने ९ सिटमा अगाडि छ । समाजवादी पार्टीले अहिलेसम्म प्रदेशमा पनि खाता खोलेको छैन । तर १४ क्षेत्रमा भने अग्रता बनाएको छ । प्रदेशका ६ सिटमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ भने दुई सिटमा अन्य उम्मदवार अगाडि छन् । 


Author

थप समाचार
x