राजनीति

उपेन्द्र यादवको क्षेत्रमा मत गन्दागन्दै भयो नारा जुलुस, मतगणना स्थगित

इकागज |
मंसिर ६, २०७९ मंगलबार २३:३१ बजे

काठमाडौं । सप्तरी क्षेत्र नम्बर–२ को मतगणना स्थगित भएको छ । जनता समाजवादी पार्टीलगायतले मतपेटिकामा सिल फरक भएको आरोप लगाउँदै मतगणनामा नारा जुलुससमेत गरेको छ ।

मतदानस्थलबाट टिपेर ल्याएको र मतगणनामा भएको मतपेटिकाकाे नम्बर फरक भएको उनीहरुको दाबी छ । सिल नम्बर भेरिफिकेसन गर्नुपर्ने उनीहरुको माग रहेको हो ।


यहाँ अहिले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अग्रता बढाएका छन् । यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव चुनावी स्पर्धामा छन् । राउतले चुनाव जित्ने भएपछि जसपाका कार्यकताहरुले विरोध गरेको एकातर्फीको आरोप छ । करिब ४० मिनेटदेखि यहाँ मतगणना स्थगित भएको हो ।

जसपाका कार्यकर्ताले मतगणना स्थगित भएपछि सिल नम्बर भेरिफिकेसन गर्न माग गर्दै निर्वाचन अधिकृतलाई निवेदनसमेत दिएका छन् ।

करिब ६४ हजार मत झरेको यहाँ ३९८०० मत गणना गरिएको छ ।


Author

थप समाचार
x