बागलुङ १ (२) मा कांग्रेसका सुवेदी विजयी
ढोरपाटन- बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन् । सुवेदीले नेकपा एमालेका उम्मेदवार नवराज पौडेललाई सात हजार ८७ मतान्तरले पराजित गरेका हुन् । सुवेदीले १४ हजार छ सय १० मत ल्याउँदा पौडेलले सात हजार पाँच सय २३ मत पाएका छन् ।
नेपाली कांग्रेस बागलुङका पूर्व जिल्ला सचिव पौडेल स्थानीय निर्वाचन पछि एमाले प्रवेश गरी उम्मेदवार बनेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटाले छ सय ५५ र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापाले दुई सय ५७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत डा. दिवाघर भट्टले जानकारी दिए । बागलुङ क्षेत्र नम्बर २ (२) मा भने कांग्रेसका दोर्णकुमार कुँवर विजयी भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया