राजनीति

काठमाडौँ–३ मा कांग्रेसको ‘क्लिन स्वीप’

इकागज |
मंसिर ७, २०७९ बुधबार ०:३४ बजे

काठमाडौँ- काठमाडौँ क्षेत्र नं ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।    
    
प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका सन्तोष चालिसेले १५ हजार एक सय ५८ मत प्राप्त गरी विजयी भएको मतदान अधिकृत मन्दिरा शाहीले जानकारी दिइन् । उनकी निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हजार एक सय ९६ मत प्राप्त गरे ।    
    
यसैगरी काठमाडौँ क्षेत्र नं ३ मा दुवै प्रदेशसभा सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा सदस्य (१) तर्फ छिरिङदोर्जे लामा र प्रदेशसभा (२) मा विमल ठकुरी विजयी हुनुभएको मतदान अधिकृत शाहीले जानकारी दिइन् ।  



Author

थप समाचार
x