राजनीति

एमालेका नवराज सिलवाललाई हराउँदै ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार ०:४० बजे

काठमाडौं - ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनी नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।



Author

थप समाचार
x