राजनीति

काठमाडौं-८ मा विराजभक्त श्रेष्ठको जित निश्चित, २९६५ मत गन्न बाँकी हुँदा ३७५७ को मतान्तर

इकागज |
मंसिर ७, २०७९ बुधबार १:३ बजे

काठमाडौं - काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको विजय निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रेष्ठले हालसम्म ९ हजार ५४० मत ल्याएका छन् । 

लौरो चुनाव चिह्नबाट निर्वाचन लडेका सुमन सायमी ५ हजार ७८३ मतसहित श्रेष्ठलाई पछ्याइरहेका छन् । उनीहरूबीचकी मतान्तर ३७५७ छ । जबकि अब  २९६५ मत मात्रै गणना हुन बाँकी छ । काठमाडौँ-८ मा श्रेष्ठको जित सुनिश्चित भएको छ । 


नेकपा एसका जीवनराम श्रेष्ठले ४५४३ मत ल्याएका छन् । 


Author

थप समाचार
x