राजनीति

सर्लाहीमा काे अगाडि, कसकाे कति मत ?

इकागज |
मंसिर ७, २०७९ बुधबार १:४० बजे

सर्लाही । सर्लाहीको क्षेत्र नं १, २ र ३ मा वाम–लोकतान्त्रिक गठबन्धन र सर्लाही–४ मा स्वतन्त्रका उम्मेदवार अग्रस्थानमा रहेका छन् । सर्लाही–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका रामप्रकाश चौधरी, सर्लाही–२ मा महेन्द्र राय, सर्लाही–३ नरेन्द्र साह र सर्लाही–४ मा स्वतन्त्रका डा अम्रेसकुमार सिंह अग्रस्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।    
    
गए राति ११ः३० बजेसम्मको मतगणनाअनुसार उनीहरू अग्रस्थानमा रहेका हुन् । सर्लाही–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चौधरीले पाँच हजार छ सय ३९ मत प्राप्त गरेको छ भने स्वतन्त्रका मानबहादुर खड्काको पाँच हजार एक सय ७९ मतका साथ पछ्याइरहेका छन् ।    
    
सर्लाही–२ मा वाम–लोकतान्त्रिक तर्फका रायको दुई हजार तीन सय ४२ मत छ भने उनलाई तीन दलीय गठबन्धनका उम्मेदवार राजेन्द्र महतोले १ हजार सात सय १५ मतका साथ पछ्याइरहेकाे मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए ।    
    
यता सर्लाही–३ मा वाम–लोकतान्त्रिक गठबन्धनका साहको पाँच हजार पाँच सय ७७ छ भने तीनदलीय गठबन्धनका हरिप्रसाद उप्रेतीले चार हजार छ सय ५४ मतका साथ पछ्याइरहेका छन्।    
    
त्यसैगरी सर्लाही–४ मा स्वतन्त्रतर्फका सिंहको चार हजार सात सय पाँच मत छ भने उनलाई वाम–लोकतान्त्रिक गठबन्धनका नागेन्द्रकुमार यादवले पछ्याइरहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



Author

थप समाचार
x